ताजा समाचार

बागमती प्रदेशका मन्त्री पौडेललाई एमाले रामेछापले दियो बधाई तथा शुभकामना

 नेपाल बाहक    २७ भाद्र २०७८, आईतवार ०६:३९     16 जनाले पढ़िसके

रामेछाप । बागमती प्रदेशका उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री शान्ति प्रसाद पौडेल एमाले रामेछापले बधाई तथा शुभकामना दिएको छ ।
नेकपा एमाले रामेछापका अध्यक्ष समेत रहेका पौडेल केही दिन अघि बागमती प्रदेशको मन्त्रीमा नियुक्त हुनु भएको थियो । मन्त्री भए पछि पहिलो पटक गृह जिल्ला आउनु भएका पौडेललाई एमाले रामेछाप नेता कार्यकर्ता बधाई दिएका हुन् ।
मन्त्री पौडेललाई बागमती प्रदेश सरकारका निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका पार्टीका जिल्ला इन्चार्ज, केन्द्रीय सदस्य कैलाश ढुङ्गेल, राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेल, सचिव आनन्द श्रेष्ठ, नेता झम्क कँडेल तथा नेपाली काँग्रेस रामेछापका सभापति लबश्री न्यौपानेले एमाले रामेछापको कार्यालयमै पुगेर बधाई तथा शुभकामना दिनु भएको थियो ।