ताजा समाचार


पार्टी लाई सुदृढ र एकताबद्ध बनाउने नेकपा (एमाले) रामेछापको निर्णय

 नेपाल बाहक    २८ भाद्र २०७८, सोमबार ०७:३३     287 जनाले पढ़िसके


रामेछाप । नेकपा एमाले रामेछापले पाटीलाई थप सुदृढ र एकताबद्ध बनाउँदै व्यवस्थित गर्ने निर्णय गरेको छ । आइतबार रामेछापको मन्थलीमा बसेको एमाले रामेछापको २१ औँ पूर्ण बैठकले सो निर्णय गरेको पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।
नेकपा एमाले केन्द्रीय सदस्य तथा रामेछाप जिल्ला इन्चार्ज क कैलाश प्रसाद ढुङ्गेलको प्रमुख आतिथ्य, केन्द्रीय सदस्य माधव ढुङ्गेलको आतिथ्यमा र जिल्ला कमिटीका अध्यक्ष शान्ति प्रसाद पौडेलको अध्यक्षता बैठक बसेको थियो ।
बैठक कार्यकर्ताहरुलार्ई विभाजनको पक्षमा नलाग्न र नेकपा (एमाले) का पक्षमा दृढता पूर्वक उभिनका समेत आव्हान गरेको छ । पत्रकार सम्मेलनमा सबै पालिका सङ्गठन कमिटी र जनसङ्गठनहरूको बैठक २०७८ असोज ६ गते भित्र सम्पन्न गर्ने निर्णय गरेको जानकारी गराइएको थियो ।
एमाले रामेछापका प्रवक्ता प्रकाश कुमार कार्कीले २०७८ असोज ७ गते जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला गर्ने र उक्त दिन नै जिल्ला कमिटी बैठक बस्ने निर्णय गरिएको समेत जानकारी दिनु भयो ।