ताजा समाचार

रामेछापका थप ५ जनामा कोरोना संक्रमणको पुष्टि : सक्रिय संक्रमितको संख्या ३३

 नेपाल बाहक    २८ भाद्र २०७८, सोमबार १४:३७     13 जनाले पढ़िसके

रामेछाप । रामेछापमा सोमबार थप ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । २७ जनाको एन्टिजेन बिधिबाट कोरोना परिक्षण गर्दा ५ जनामा कोरोना संक्रमण भएको स्वास्थ कार्यालय रामेछापको बिज्ञप्तिमा उल्लेख छ ।
सोमबार थप भएका संगै रामेछापमा कोरोना संक्रमण हुनेको संख्या ३१ सय ११ पुगेको छ । स्वास्थ्य कार्यालय रामेछापका संक्रमित मध्ये तिन हजार ५५ जान कोरोना संक्रमण मुक्त भएका छन् । जिल्लामा हाल सम्म कोरोना संक्रमणका कारण २३ जनाको मृत्यु भएको छ ।