ताजा समाचार

७३ वर्षीय बृद्धालाई बलात्कारको प्रयास गर्ने युवक पक्राउ

 नेपाल बाहक    २९ भाद्र २०७८, मंगलवार १८:१३     9 जनाले पढ़िसके

रामेछाप । ७३ वर्षीय बृद्धालाई बलात्कारको प्रयास गर्ने युवकलाई रामेछाप प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका ४ का २५ वर्षीय शुक्र बहादुर मुग्राति रहेको रामेछाप प्रहरीले जनाएको छ । बलात्कार प्रयासको आरोपमा प्रहरीले मुग्रातिलाई सोमबार पक्राउ गरेको हो ।
उनले कोही नभएको मौका पारि गोकुलगंगा गाउँपालिकाकी ४ बेतालि बस्ने ७३ वर्षीय वृद्धलाई गत २०७७ पौष २३ गते बलात्कारको प्रयास गरेका थिए । बलात्कारको प्रयास पछि मुग्राति भागेर भारतका विभिन्न स्थानमा लुक्दै बसेको थिए । प्रहरीले उनलाई ९ महिना पछि पक्राउ गर्न सफल भएको रामेछाप प्रहरी प्रमुख डिएसपी नवराज ढुङ्गानाले बताउनु भयो ।
आरोपीलाई प्रहरीले उनकै घरबाट सोमबार पक्राउ गरेको हो । जिल्ला अदालत रामेछापबाट म्याद थप गरी मुग्राती माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।