ताजा समाचार

संविधान दिवसको अवसरमा रामेछाप कारागारका १३ कैदीको सजाय मिनाहा

 नेपाल बाहक    ३ आश्विन २०७८, आईतवार १८:०७     23 जनाले पढ़िसके

रामेछाप । संबिधान दिवसको अवसरमा रामेछाप कारागारका १३ कैदीको सजाय मिनाहा भएको छ ।
बिभिन्न कसुरमा कैद सजाय भोगिरहेका पाँच सय १३ जनाको सजाय मिनाह भएको रामेछाप कारागारले जनाएको छ । रामेछाप कारागारका अनुसार कर्तव्य ज्यान मुद्धामा सजाय भोगिरहेका ८ जना, ज्यान मार्ने उद्योगमा एक जना, ज्यान सम्बन्धि कसुरमा एक जना, बहुविवाह मुद्दामा दुई जना एक जना सवारी ज्यान मुद्धामा एक जनाको बाँक कैद सजाय मिनाहा भएको हो ।
रामेछाप जिल्ला कारागारका प्रमुख रामकृष्ण घिमिरेले संविधान दिवसमा कैद सजाय छुट पाउँनेहरुले ५० प्रतिशत कैद सजाय भूक्तान गरिसकेका छन् ।  प्रमुख घिमिरेका अनुसार सुनापती गाउँपालिका सत्यराम तामाङ, रामेछाप नगरपालिकाका हिरालाल कामी र मिना दमाई, सर्लाही जिल्लाका मुकेश पण्डित र सविन महतो, रुपन्देही जिल्लाका अर्जुन सिंह र सन्तराम गुप्ता, धनुषा जिल्लाका उमेश मुखिया, उदयपुर जिल्लाका अमृत बहादुर कार्की,मनोज परियार र जनकुमारी राई, कालिकोट जिल्ला घर भएका सरोज कार्की र नुवाकोटका राम कुमार प्याकुरेलको बाकिँ कैद सजाय मिनाहा भएको हो ।