ताजा समाचार

रामेछापमा भू तथा जलाधार व्यवस्थापन कार्यालय स्थापना

 नेपाल बाहक    ६ आश्विन २०७८, बुधबार १६:०२     15 जनाले पढ़िसके

रामेछाप । रामेछापमा भु तथा जलाधार ब्यवस्थापनको कार्यालय स्थापन भएको छ । रामेछाप र सिन्धुली जिल्लालाई हेर्ने गरी बाग्मती प्रदेश अन्तरर्गत सो कार्यालयको स्थापना भएको हो ।
कार्यालयको मंगलबार वाग्मती प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री शान्तिप्रसाद पौडेलले उद्घाटन गर्नुभयो ।
कार्यालयको उद्घाटन गर्दै मन्त्री पौडेलले बागमती प्रदेश अन्तर्गतका भू तथा जलाधार व्यवस्थापन कार्यालय दुईवटा मात्र हुँदा नागरिकको सेवामा पहुँच नपुगेको कारण कार्यालय थप गरिएको बताउनुभयो । बागमती प्रदेशकी उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री सरस्वती बाटीले जल, जंगल र जमीन मानव जीवनसँग जोडिएकोले यसको व्यवस्थानको लगि कार्यालयको विषेश महत्व रहेको बताउनुभयो । बागमती प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव सिन्धुप्रसाद ढुंगानाले जलाधार संरक्षण गर्न सक्योभने धेरै विपतबाट जोगिन सकिने बताउनुभयो । तर जलाधार संरक्षणमा खासै ध्यान नजानाले बाढी, पहिरो लगायतका घटना हुने गरेको उहाँले बताउनुभयो । रामेछापका प्रमुख जिल्ला अधिकारी दीपक पहाडीले विपत् नियन्त्रण र पूर्वतयारीमा कार्यालय स्थापनाले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा नेकपा एमालेका रामेछाप नगरकमिटी अध्यक्ष होतराज ढकाल, नेपाली कांग्रेसका कमलविक्रम कार्की, माओवादी केन्द्रका मोतिलाल तामाङ लगायतले बोल्नु भएको थियो ।