ताजा समाचार


प्रचण्ड फुट र विभाजनको नायक भएको एमाले नेता पोखरेलको आरोप

 नेपाल बाहक    ७ आश्विन २०७८, बिहीबार १७:५४     214 जनाले पढ़िसके

रामेछाप । नेकपा एमालेका नेता शङ्कर पोखरेलले एमाले एकतामा विश्वास गर्ने पाटी भएको बताउनु भएको छ । रामेछापको सदरमुकाम मन्थलीमा बिहीबार आयोजना भएको जिल्ला स्तरीय कार्यकता भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
नेकपा एमाले स्थायी कमिटी सदस्य समेत रहनुभएका नेता पोखरेलले प्रचण्ड फुट र विभाजनको प्रतीक भएको समेत बताउनु भयो । कार्यक्रममा बोल्दै नेता पोखरेलले पाटी एकता राम्रोको लागि गरिएको बताउनु भयो । एकता कम्युनिस्ट पाटिलाई बालियो बनाउनु पाटी एकता गरिएको हो बताउँदै माओवादी सँगको एकताले एमालेलाई अस्तव्यस्त बनाएको उहाँले बताउनु भयो । एकता पछि एमाले गतिविहीन बनेको उहाँको भनाइ रहेको थियो ।
पाटी एकताको बेला प्रचण्डले अपनाएको रणनीति नै एकतालाई असफल बनाउने आधार भएको उहाँको आरोप थियो । कार्यक्रम उहाँले माधव नेपाल र प्रचण्डलाई नेतृत्व चाहिने तर विधिमा जान नखोज्ने बताउनु भयो । “नेतृत्वमा जान खोज्ने तर बिधानमा नजाने यो कस्तो प्रवृत्ति हो” उहाँले प्रश्न थियो ।
प्रचण्डले एमालेको अन्तरबिरोधमा खेलेर सिङ्गो कम्युनिस्ट आन्दोलन कब्जा गर्न खोजेको उहाँले आरोप लगाउनु भयो । कार्यक्रममा बोल्दै उहाँले पाटी एकतामा सङ्कट उत्पन्न हुनको कारण प्रचण्ड रहेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै उहाँले प्रचण्ड र माधव नेपालले राज्यलाई कमजोर पार्न चाहाने वैदेशिक शक्तिहरूको आडमा अहिले विभिन्न रूपमा भूमिका खेलिरहेको आरोप लगाउनुभयो ।
एमाले अध्यक्ष केपी ओली प्रतिक्रियावदीहरुको चुनौती बनेकै कारण तत्कालीन नेकपा भित्रै विद्रोह पैदा भएको उहाँको बताउनु भयो ।