ताजा समाचार


चोरीको आरोपमा रामेछाप प्रहरीद्धरा ४ जना पक्राउ

 नेपाल बाहक    ८ आश्विन २०७८, शुक्रबार १६:०८     439 जनाले पढ़िसके

रामेछाप । चोरीको आरोपमा रामेछाप प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई २०७८ भदौ ३१ गते लिखु तामाकोसी गाउँपालिकाको वडा न. ६ का चन्द्र बहादुर बुढाथोकीको घरमा चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूले चन्द्र बहादुरकी श्रीमती र उनिकी दुई छोरीहरूलाई कुटपिट गरी नगद तथा जिन्सी सामान चोरी गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा रामेछापको गोकुलगंगा गाउँपालिका ६ फर्पुका ३३ वर्षका मिलन तामाङ, सोही स्थानका २६ वर्षका लाल बहादुर तामाङ, ३४ वर्षका आकाश तामाङ र १८ वर्षका भुमिराज तामाङ रहेको छन् । उनीहरूलाई शुक्रवार प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो ।
प्रहरीले मिलन तामाङलाई फर्पु, लाल बहादुर तामाङलाई मन्थली, आकाश तामाङलाई र भुमिराज तामाङलाई काठमाडौँ बाट पक्राउ गरेको रामेछापका प्रहरी प्रमुख डिएसपी नवराज ढुङ्गानाले पत्रकार सम्मेलनमा जानकारी दिनु भयो ।
अभियुक्तहरूबाट प्रहरीले एक थान भरुवा बन्दुक जस्तो देखिने बस्तु, पुरानो नोट ८ थान अन्य ३५ थना नोट, सुनको फुली २ थान र उनीहरूले प्रयोग गरेको ४ थान मोबाइल बरामद गरेको छ ।
पत्रकार सम्मेलनमा उनीहरू माथि लगाइएको कसुर स्वीकार गरेको प्रहरी प्रमुख ढुङ्गानाले बताउनु भयो । पत्रकार सम्मेलनमा उनीहरू माथि लगाइएको कसुर स्वीकार गरेको प्रहरी प्रमुख ढुङ्गानाले बताउनु भयो । जिल्ला अदालत रामेछाप म्याद थप गरी उनिहरुमा माथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।