ताजा समाचार

केन्याका २४ लाख नागरिकलाई खाद्यान्न अभाव हुने बिश्व खाद्य कार्यक्रमको चेतावनी

 नेपाल बाहक    १६ आश्विन २०७८, शनिबार ०९:०४     19 जनाले पढ़िसके

काठमान्डौँ । केन्याका २४ लाख नागरीकलाई खाद्यान्न अभाव हुने बिश्व खाद्य कार्यक्रमले चेतावनी दिएको छ । बिश्व खाद्य कार्यक्रमले अबको एक÷दुई महिनामा जटिल खाद्यान्न अभाव हुने खतरा रहेको जनाएको हो ।
उत्तरी र पूर्वी केन्यामा खडेरीले तहसनहस पारेका कारण कात्तिक, मंसिरसम्ममा २४ लाख मानिसलाई जटिल खाद्यान्नको अभाव हुने भन्दै चेतावनी दिएको हो । पूर्वी अफ्रिकी देशहरुमा हालैका वर्षहरुमा एकपछि अर्को विपत्तिले अर्थव्यवस्थालाई धराशायी बनाएको छ ।