ताजा समाचार


काँग्रेस रामेछापको अधिवेशन : सभापतिमा ३ जनाको उम्मेदवारी

 नेपाल बाहक    १६ आश्विन २०७८, शनिबार १०:०१     592 जनाले पढ़िसके

रामेछाप । काँग्रेस रामेछापको अधिवेशन आज (शनिवार) मन्थलीमा हुँदै छ । काँग्रेसले वडा, पालिका र निर्वाचन क्षेत्रको अधिवेशन सक्दै शनिवार जिल्ला अधिवेशन गर्न लागेको हो ।
नेपाली काँग्रेसको १४ औँ अधिवेशनमा रामेछापको सभापतिमा तिन जनाले उम्मेदवारी परेको छ । काँग्रेस रामेछापको सभापतिमा पुर्ण बहादुर तामाङ (कान्छाराम), लवश्री न्यौपाने र कृष्ण बहादुर महतले उम्मेदवारी दर्ता गराएका छन् ।
मतदान प्रक्रिया बिहान ८ बजे बाट हुने समय तालिका भए पनि मन्थलीमा शुक्रवार देखि परेको अविरल वर्षका कारण केही ढिलो हुने निर्वाचन अधिकृत विष्णु लुइँटेलले बताउनु भयो ।
अधिकृत लुइँटेलका अनुसार जिल्ला पार्टी सभापति सहित ७ जना पदअधिकारिहरु, ३१ जना जिल्ला कार्यसमिति सदस्य र २४ जना केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको निर्वाचित हुने छन् ।  काँग्रेसका १४ सय १३ जना वडा, गाउँ/नगर र क्षेत्रीय प्रतिनिधिहरूले मतदान गर्दै छन् ।