ताजा समाचार


रामेछापका ३७ हजार भन्दा बढी नागरिकले लगाए कोरोना विरुद्धको पूर्ण खोप

 नेपाल बाहक    १६ आश्विन २०७८, शनिबार १५:३४     247 जनाले पढ़िसके

रामेछाप । रामेछापका ३७ हजार भन्दा बढी नागरिकले कोरोना विरुद्धको पूर्ण खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालय रामेछापले दिएको तथ्याङ्कका अनुसार असोज १५ गते सम्ममा ३७ हजार ३ सय ३२ जनाले कोरोना विरुद्धको पूर्ण खोप लगाएका छन् ।
स्वास्थ्य कार्यालय रामेछापका अनुसार उमाकुण्ड गाउँपालिकाका ३ हजार ५ सय २३ जना, गोकुलगंगा गाउँपालिकाका ४ हजार ९१ जना, लिखुतामाकोसि गाउँपालिकाका ३६ सय १५ जना, रामेछाप नगरपालिकाका ५४ सय ५५ जना, मन्थली नगरपालिकाका ६ सय ५५ जना, खाडादेबि गाउँपालिकाका ४५ सय ३ जना, दोरम्बा गाउँपालिकाका ३८ सय ८४ जना र सुनपाति गाउँपालिकाका ३७ सय ७१ नागरिकले कोरोना विरुद्धको पूर्ण खोप पाएका हुन् ।
रामेछापमा २०७७ माघ महिना देखि विभिन्न चरणमा कोरोना विरुद्धको खोप लगाउँदै आइएको छ । प्राथमिकताको आधारमा खोप अभियान सञ्चाबलन भएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । हाल सम्म रामेछाप ४० वर्ष भन्दा माथिका सबै नागरिक र बिद्यार्थिहरुलाई कोरोना विरुद्धको खोप लगाइएको छ ।
रामेछापका नागरिकलाई कोभिसिल्ड, भेरोसेल, जोन्सन एन्ड जोन्सन, एस्ट्राजेनेका र स्विडेनमा बनेको एस्ट्राजेनका खोप लगाइएको छ । ९४ हजार ५ सय जोड खोप खर्च भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य निरीक्षक भुवन थापाले जानकारी दिनु भयो ।