ताजा समाचार


बेलायतले नेपाल सहित ४७ देशलाई कोरोना संक्रमणको रेडलिस्ट हटायो

 नेपाल बाहक    २२ आश्विन २०७८, शुक्रबार ०८:१४     649 जनाले पढ़िसके

एजेन्सी । बेलायतले नेपाल सहित ४७ देशलाई कोरोना संक्रमणको रेडलिस्ट हटाएको छ ।
अन्तराष्ट्रिय भ्रमणसम्बन्धी एडभाइजरी हेरफेरका क्रममा बेलायत बिहिवारबाट बेलायलले नेपाललाई रेडलिस्ट हटाएको हो । अझै सात वटा देश भने रेडलिस्टमा कायमै छन् ।
बेलायतको नयाँ ट्राभल एडभाइजरी अनुसार यही असोज २५ गतेपछि बेलायती नागरिकहरुले नेपाल भ्रमण गर्न पाउने छन् । यस्तै बेलायतले मान्यता दिएका चार प्रकारका खोप लगाएका विदेशी नागरिहरुलाई पनि बेलायत प्रबेश गर्न दिइने छ ।
बेलायतले अक्सफोर्ड÷एस्ट्राजेनिका, फाइजर, मोडेर्ना र जोन्सेनको खोपलाई मान्यता दिएको छ । बेलायत प्रवेश गर्न चाहने विदेशीले खोप लगाएको प्रमाणहरु मध्ये एनएचएस कोभिड पास, इयु डिजिटल कोभिड प्रमाणपत्र, रोग नियन्त्रण तथा रोकथाम शाखाको पूर्जी वा सम्बन्धित देशको स्वास्थ्य मन्त्रालयले प्रमाणित गरेको खोपको प्रमाणपत्र मध्ये कुनै एक पेश गर्नुपर्ने छ ।