ताजा समाचार

स्वास्थ्य तथा सुरक्षाका मापदण्ड पालना गरी चाडपर्व मनाउन रामेछाप प्रशासनको अनुरोध

 नेपाल बाहक    २२ आश्विन २०७८, शुक्रबार १६:२०     13 जनाले पढ़िसके

रामेछाप । रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडी स्वास्थ्य तथा सुरक्षाका मापदण्डका पालन गरी चाड पर्व मनाउन अनुरोध गर्नु भएको छ ।
शुक्रवार सूचना जारी गदै प्रमुख जिल्ला अधिकारी पहाडीले कोरोना सङ्क्रमण अझै नियन्त्रणमा नआएकाले स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालन गर्न अनुरोध गर्नु भएको हो । जारी सूचनामा दसैँ, तिहार तथा छठ पर्वमा मठ, मन्दिर, गुम्बामा धेरै भिडभाड नगर्न र स्वास्थ्य तथा सुरक्षाका मापदण्डको पालना गरी पूजा र दर्शन गर्न अनुरोध गरिएको छ ।