ताजा समाचार


आधारभुत आवश्यकता पुरा भए मात्र सुखि नेपाली समृद्ध नेपालको परिकल्पना पुरा हुन्छ : मन्त्री पौडेल

 नेपाल बाहक    २४ आश्विन २०७८, आईतवार १८:२७     177 जनाले पढ़िसके

काठमाडौं । वाग्मती प्रदेशका उद्योग, वन वातारण तथा पर्यटन मन्त्री शान्तिप्रसाद पौडेलले सरकारले अघि सारेको सुखी नेपाली समृद्ध नेपालको सपना पूरा गर्न सबै क्षेत्रले सहयोग गर्नुपर्ने बताउनुभएको छ ।

रामेछापको लिखु तामाकोसी गाउँपालिका–६ खिम्तीमा नेपाल बैँक लिमिटेडले शनिबार आयोजना गरेको वित्तिय डिजिटल साक्षरता कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नागरिकका आधारभुत आवश्यकता पूरा भए मात्र सुखी नेपाली समृद्ध नेपालको परिकल्पना पूरा हुने बताउनुभयो ।

दीगो विकास लक्षका धेरै मापण्ड पनि समृद्ध नेपालका लक्षसँग जोडिएका उहाँले बताउनुभयो । यसलाई पूरा गर्नु सबैको दायित्व भएको उहाँले प्रष्ट पार्नुभयो ।

लिखुतामाकोसी गाउँपालिका ६ नं वडा कार्यालय खिम्तिको आयोजना तथा नेपाल बैँक लिमिटेडको प्रायोजनामा भएको कार्यक्रममा बैँकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बैँकिङ कारोवारको फाइदाको बारेमा जानकारी गराउनु भएको थियो । उहाँले वित्तीय चेतनाले व्यक्तिको आफ्नो स्रोत र साधन पहिचान गरी सोको उपयोगका लागि उचित निर्णय गर्न क्षमता विकास हुने बताउनुभयो ।

अधिकारीले आयआर्जनको सदुपयोगबाट आर्थिक तथा सामाजिक सुरक्षा हाँसिल गर्न सहयोग पुग्ने बताउनुभयो । सिमित स्रोत साधनको अधिकतम उपयोग गरी असिमित आवश्यकता प्राथमिकताका आधारमा पूरा गर्ने तरिकाको बारे उहाँले जानकारी दिनुभएको थियो ।

उहाँले नेपाल बैँक लिमिटेडले सरल र शुलभ बैँक सेवा उपलब्ध गराएको जनाकारी गराउदैँ बैँकिङ सेवाको लाभ लिन सबै नागरीकलाई अनुरोध गर्नुभयो ।

कार्यक्रम रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडी, रामेछापका प्रहरी प्रमुख नवराज ढुगाना, लिखुतामाकोसी गाउँपालिकाकी उपाध्यक्ष दिपशिखा दाहाल, नेपाल बैँक लिमिटेड वाग्मती प्रदेशका प्रमुख विनय केशरी पौडेल, नेपाल बैक लिमिटेडका अनुसन्धान तथा बजारीकरण डिभिजनका प्रवन्धक कृष्णहरि बुढाथोकी लगायतले डिजिटल बैँकिङ सेवा र यसको महत्वको बारेमा बोल्नुभएको थियो ।

कार्यक्रम लिखुतामाकोसी गाँउपालिका वडा न। ६ का वडाध्यक्ष शिवप्रसाद न्यौपानेको अध्यक्षतामा भएको थियो ।