ताजा समाचार

बंगलादेश संग १–१ बरावरी खेल्दै नेपाल साफ च्याम्पियनसिप फुटबलको फाइनलमा

 नेपाल बाहक    २७ आश्विन २०७८, बुधबार १९:०७     8 जनाले पढ़िसके

काठमाडौँ । नेपाल पहिलो पटक साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपालले बंगलादेशलाई १–१ गोलको बराबरी खेल्दै फाइनलमा पुगेको हो ।

आज भएको खेलमा नेपालले बंगलादेशलाई बराबरीमा रोके पछि नेपाल पहिलो पटक साफको फाइनलमा प्रवेश गरेको छ । यस्तै खेलको ७९ औं मिनेटमा गोलकिपर अनिसुर रहमान जिकोले रातो कार्ड पाएपछि बंगलादेश १० खेलाडीमा समेटिएको थियो ।