ताजा समाचार


रातको समयमा सवारी सञ्चालन नगर्न रामेछाप प्रशासनको अनुरोध

 नेपाल बाहक    ४ कार्तिक २०७८, बिहीबार ११:५१     197 जनाले पढ़िसके

रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले रातको समयमा सवारी सञ्चालन नगर्न अनुरोध गरेको छ ।
रामेछाप प्रशासनले बुधवार एक सूचना जारी गदैँ वर्षाका कारण रामेछापमा हाल सम्म अप्रिय घटना नघटे पनि सतर्कता अपनाउन अनुरोध गरेको हो ।
जिल्ला विपद् व्यवस्थापन समिति रामेछापका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले जारी गर्नु भएको सूचनामा अत्यावश्यक कामका लागि सवारी चलाउन परेमा पनि स्थानीय सुरक्षा निकायसँग समन्वय गर्न आग्रह गरिएको छ ।
सूचनामा आपतकालिन अवस्थामा प्रहरी सवारी १००, आपत्कालीन कार्य सञ्चालन केन्द्र ०४८५४००८८, ९८५४०४३१९९, नजिकैको प्रहरी, जिल्ला प्रहरी कार्यालय, स्थानीय तह तथा जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ ।