ताजा समाचार


जिल्ला अस्पताल रामेछापको अक्सिजन प्लान्ट र पिसिआर मेसिनको उद्घाटन

 नेपाल बाहक    ६ कार्तिक २०७८, शनिबार १९:२४     214 जनाले पढ़िसके

रामेछाप । जिल्ला अस्पताल रामेछापको अक्सिजन प्लान्ट र पिसिआर मेसिनको उद्घाटन गरिएको छ । शनिवार बागमति प्रदेश सरकारका स्वास्थ्य मन्त्री प्रदिप कटुवाल र वन वातावरण उद्योग तथा पर्यटन मन्त्री शान्ति प्रसात पौडेलले संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो ।
बागमति प्रदेश सरकारको सहयोगमा जिल्ला अस्पताल रामेछापमा अक्सिजन प्लान्ट र पीसीआर मेसिन संचालन आएको हो । कार्यक्रममा बोल्दै बागमति प्रदेश सरकारका स्वास्थ्य मन्त्री अक्सिजन प्लान्ट र पिसिआर मेसिन सन्चालनको लागि चाडैँ नै जनशक्ति पठाउने बताउनु भयो । त्यस्तै बागमति प्रदेशका पर्यटन मन्त्री शान्ति प्रसात पौडेलले स्वास्थ्यमा क्षेत्रमा प्रदेश सरकारले महत्वपूर्ण काम गरेको बताउनु भयो ।