ताजा समाचार

एमाले सँग एक्लै चुनाव लड्ने क्षमता छ : नेता ढुङ्गेल

 नेपाल बाहक    ७ कार्तिक २०७८, आईतवार १६:५३     35 जनाले पढ़िसके

रामेछाप । नेकपा एमालेका केन्द्रीय सदस्य तथा रामेछापका इन्चार्ज कैलाश ढुङ्गेलले एमाले सँग एक्लै चुनाव लड्न सक्ने क्षमता रहेको बताउनु भएको छ । आइतबार मन्थलीमा भएको पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनु भएको हो ।
पत्रकार सम्मेलनमा उहाँले ५ दलीय गठबन्धनलाई पार्टी एकीकरण गरेर चुनावमा आउन चुनौती दिनु भएको छ । नेता ढुङ्गेलले काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, नेकपा एकीकृत समाजवादी, महन्त ठाकुर नेतृत्वको लोसपा र जनमोर्चा लगायत दलहरू गठबन्धन बनाएर चुनावमा आए पनि एमालेलाई जित्न नसक्ने दाबी गर्नु भयो ।
उहाँले वडा अधिवेशन सम्पन्न भएपछि एमाले लोकप्रिय रहेको पुष्टि भएको दाबी गर्नु भयो । ढुङ्गेलले एमालेको गाउँ÷नगर पालिका अधिवेशन सकिँदासम्म एमाले बाहेक अर्को लोकतान्त्रिक, विकासवादी र लोकप्रिय शक्ति छैन भन्ने पुष्टि हुने उहाँको भनाइ रहेको थियो ।