ताजा समाचार


‘कबड्डी’ को अन्तिम सिरिज मुस्ताङको छायांकन हुदैँ

 नेपाल बाहक    ८ कार्तिक २०७८, सोमबार १६:५०     304 जनाले पढ़िसके

काडमान्डौँ । ‘कबड्डी’ को अन्तिम सिरिज शुक्रवारबाट मुस्ताङको छायांकन सुरु भएको छ ।
छायांकनको लागि कलाकार र प्रबिधिकको टोलि शुक्रवार मुस्ताङ पुगेका थिए । ‘कबड्डी’ को अन्तिम सिरिज दयाहाङ राई, सौगात मल्ल, विजय बराल, बुद्दि तामाङ, मिरुना मगर, गौमाया यात्री, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा लगायतको अभिनय रहने निर्देशक रामबाबु गुरुङ बताउनु भयो ।
गौमायाले यही फिल्मबाट अभिनेत्रीको रुपमा डेब्यू गर्न लागेकी हुन् । यसपटक फिल्ममा ‘मैयाँ’ को भूमिकामा मिरुना मगर देखिनेछिन् । उनका लागि दयाहाङ र सौगातबीच घम्साघम्सी हुनेछ ।
बासुरी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको हो । फिल्मको निर्मातामा मणीराम पोखरेल, अर्जुन कार्की र ओमचन्द्र रौनियार रहेका छन् भने निमेश श्रेष्ठको सम्पादन, शैलेन्द्र डि. कार्कीको छायांकन र कालीप्रसाद बाँस्कोटाको संगीत रहनेछ । फिल्मलाई आउँदो नयाँ वर्षमा प्रदर्शन गर्ने तयारी गरिएको छ ।
यो कथालाई विट मारिने निर्देशक रामबाबु गुरुङले बताए । तर, तीनवटै सिरिजमा अभिनय गरेकी रिश्मा गुरुङ, पहिलो पार्टमा मुख्य नायक रहेका निश्चल बस्नेत र तेस्रो सिरिजकी मुख्य नायिका उपासना सिंह ठकुरी भने ‘फाइनल म्याच’ मा अटाएका छैनन् ।