ताजा समाचार

रामेछापका ६ स्थानिय तहमा एमालेको नयाँ नेतृत्व : मन्थली र लिखुतामाकोसिमा आज टुङ्गिने

 नेपाल बाहक    १० कार्तिक २०७८, बुधबार १०:४३     34 जनाले पढ़िसके

रामेछाप । नेकपा एमाले रामेछापले रामेछापका ६ स्थानीय तहमा नेतृत्व टुङ्गाएको छ । एमाले रामेछापको मङ्गलवार भएको गाउँ/नगर अधिवेशनले मन्थली नगरपालिका र लिखुतामाकोसि गाउँपालिका बाहेकका स्थानीय तहमा नेतृत्व टुङ्गाएको हो ।
एमाले रामेछापका सचिव आनन्द श्रेष्ठका अनुसार रामेछाप नगरपालिका, खाडाँदेबि गाउँपालिका, गोकुलगंगा गाउँपालिका, सुनपाति गाउँपालिका, दोरम्बा गाउँपालिका र उमाकुण्ड गाउँपालिकामा मङ्गलवार नै सर्वसहमतरुपमा नयाँ नेतृत्व चयन भएका छन् ।
मन्थली नगरपालिका र लिखुतामाकोसि गाउँपालिकाको नेतृत्व टुङ्गो भने बुधवार लाग्ने सचिव श्रेष्ठले जानकारी दिनु भयो ।

उमाकुण्ड गाउँपालिका 
अध्यक्ष – रुद्रमणि नेवार
सचिव – चन्द्र खाती
सुनापति गाउँपालिका 
अध्यक्ष – ज्ञान कुमार योञ्जन
सचिव – रोज ग्यापक
खाँडादेवी गाउँपालिका 
अध्यक्ष – पुष्कर कुमार कार्की
सचिव – मोतीलाल तामाङ
गोकुलगंगा गाउँपालिका 
अध्यक्ष – दीपक कार्की
सचिव – तेम्बा शेर्पा
दोरम्बा सैलुङ गाउँपालिका 
अध्यक्ष – प्रेमबहादुर लामा–तामाङ
सचिव – देउबहादुर थापामगर
रामेछाप नगरपालिका 
अध्यक्ष – रोशन पाख्रिन
सचिव – सुन्दर घिमिरे