ताजा समाचार

एमाले मन्थली नगर कमिटीको अध्यक्षमा घिमिरे चयन : सचिवमा कार्की निर्वाचित

 नेपाल बाहक    १० कार्तिक २०७८, बुधबार १९:१५     34 जनाले पढ़िसके

रामेछाप । नेकपा एमाले मन्थली नगरपालिकाको नगर कमिटीको अध्यक्षमा रामबाबु घिमिरे चयन भएका छन् । मन्थली नगरपालिकाको प्रथम नगर अधिवेशनले घिमिरेलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
एमाले मन्थली नगरपालिकाको प्रथम नगर अधिबेशनले उपाअध्यक्षमा महेश श्रेष्ठ, सह सचिवमा सागरहरी अधिकारी र नवराज थापा मगरलाई सर्वसम्मत रुपमा चयन गरेको हो ।
त्यस्तै गरी एमाले मन्थली नगरपालिकाको नगर कमिटीमा राजु कार्की निर्वाचित भएका छन् । सचिव पदका लागि सोनु कुमार रोक्का र राजु कार्की दुवै पछि नहटे पछि निर्वाचन भएको थियो ।
कार्की ४१ मत ल्याएर मन्थली नगरपालिकाको सचिव पदमा निर्वाचित भएका थिए भने रोकाले २५ मत मात्रै पाएका थिए । ३ मत भने बदर भएको थियो ।