ताजा समाचार


कोभिड नियन्त्रणमा रामेछापका स्थानिय सरकारको खर्च दुई करोड बढी

 नेपाल बाहक    ११ कार्तिक २०७८, बिहीबार १७:४२     275 जनाले पढ़िसके

रामेछाप । कोभिड रोकथाम तथा नियन्त्रण गर्न रामेछापमा स्थानिय सरकारले दुई करोड भन्दा माथि खर्च गरेका छन् । दोस्रो चरणको कोभिड नियन्त्रणमा रामेछापका स्थानिय सरकारल २ करोड ८७ लाख ४ सय ९५ रुपैँया खर्च गरेका छन् ।
कोरोना नियन्त्रणमा सबै भन्दा बढी रकम खर्च गर्नेमा सुनापति गाउँपालिका देखिएको छ । सुनापतिले ६० लाख ८० हजार रुपैँया खर्च गरेको छ । सो गाउँपालिकाले स्वास्थ्य सामाग्रीमा ३५ लाख ५० हजार रुपैँया खर्च गरेको छ ।

यसैगरी सवारी ढुवानी तथा विविध शीर्षकमा ११ लाख ४० हजार, कोभिड अस्पताल सञ्चानमा ९ लाख ५५ हजार, आईसोलेशन सञ्चालनमा ८ लाख २० हजार र आर्थिक सहयोग तथ राहत वितरणमा ४ लाख १५ हजार रुपैँया खर्च गरेको छ ।

हुराडेक नेपाल दोलखाले सार्वजनिक गरेको स्थानीय तहको कोभिड खर्च लेखाजोखा प्रतिवेदनका अनुसार दोस्रो धेरै खर्च गर्नेमा लिखु तामाकोसी गाउँपालिका रहेको छ । सो गाउँपालिकाले स्वास्थ्य सामाग्रीमा २१ लाख १५ हजार ४ सय, विविधमा १० लाख ५० हजार, सवारी तथा एम्बुलेन्समा ६ लाख ५० हजार, आईसोलेशनमा ६ लाख ५० हजार, कोभिड अस्पतालमा ६ लाख र प्रोत्साहन भत्तामा ८४ हजार ६ सय रुपैँया खर्च गरेको छ ।

खाँडादेवी गाउँपालिकाले यस अवधिमा ४३ लाख १३ हजार ९ सय ३१ रुपैँया खर्च गरेको छ । सो गाउँपालिकाले स्वास्थ्य सामाग्री खरिदमा २९ लाख ६५ हजार ८ सय २०, आईसोलेशन निर्माणमा ६ लाख ३३ हजार, आईसोलेशन व्यवस्थापनमा ४ लाख ६७ हजार १ सय ११ रुपैँया खर्च गरेको छ ।

यस्तै यातायात तथा सचेतना कार्यक्रममा १ लाख ८० हजार र मानव श्रोत परिचालनमा ७० हजार रुपैँया सो पालिकाले खर्च गरेको छ ।

रामेछाप नगरपालिकाले खर्च गरेको ३१ लाख ५७ हजार २ सय ३१ रुपैँया मध्ये सबै भन्दा बढी स्वास्थ्य सामाग्री खरिदमा २२ लाख ४३ हजार ४ सय ९५ रुपैँया खर्च गरेको छ । यसैगरी यातायात तथा सचेतनामा ५ लाख ३० हजार ३ सय ७०, मानव श्रोत परिचालनमा २ लाख ५८ हजार १ सय, विविधमा ४५ हजार ४ सय २५ र शव व्यवस्थापनमा ३५ हजार २ सय ५६ रुपैँया खर्च भएको छ ।

मन्थली नगरपालिकाले २८ लाख ३३ हजार १ सय २२ रुपैँया खर्च गरेको छ । जसमा कर्मचारी जोखिम भत्ता १० लाख ६४ हजार ८ सय १७, स्वास्थ्य सामाग्री ७ लाख ६६ हजार ६ सय ५०, औषधि व्यवस्थापनमा ४ लाख ९८ हजार ६ सय ९५ रुपैँया खर्च गरेको छ ।

सो नगरपालिकाले स्वास्थ्यकर्मी भत्तामा १ लाख ८५ हजार ४ सय, स्वास्थ्य सामाग्री व्यवस्थापनमा १ लाख, कर्मचारी खाजा÷खानामा १ लाख ६ सय ६५, हेल्प डेस्क सञ्चालनमा ४० हजार ७ सय ५०, कोभिड अस्पताल सञ्चालन जनशक्तिमा ४० हजार ५ सय र खाजा तथा खानामा ३५ हजार ६ सय ४५ रुपैँया खर्च गरेको छ ।

गोकुलगंगा गाउँपालिकाले अस्पतालका कर्मचारीको तलब भत्तामा १३ लाख, स्वास्थ्य सुरक्षा सामाग्रीमा ५ लाख, एन्टिजेनमा ५ लाख तथा खाना खाजामा ४ लाख ६८ हजार रुपैँया खर्च गरेको छ ।

उमाकुण्ड गाउँपालिकाले कोभिड रोकथाम तथा नियन्त्रणका लागि २५ लाख रुपैँया खर्च गरेको छ । सो रकम अस्पताल सञ्चालन, स्वास्थ्य सामाग्री खरिद, व्यवस्थापन, यातायात, आईसोलेशन लगाएतमा खर्च भएको गाउँपालिकाले जनाएको छ ।

कोभिडको दोस्रो लहरमा सबैभन्दा कम खर्च गर्ने दोरम्बा शैलुङ गाउँपालिका देखिएको छ । सो पालिकाले जम्मा ९ लाख ५० हजार रुपैँया खर्च गरेको छ । उक्त रकम आईसोलेशन, स्वास्थ्य सामाग्री, खाजा, खाना, कर्मचारी व्यवस्थापन लगाएतमा खर्च भएको गाउँपालिकाले जनाएको छ ।