ताजा समाचार

तेस्रो मेयर कप (पुरुष भलिबल) प्रतियोगिता गदै मन्थली नगरपालिका

 नेपाल बाहक    २९ कार्तिक २०७८, सोमबार १७:२०     20 जनाले पढ़िसके

रामेछाप । मन्थली नगरपालिकाले तेस्रो मेयर कप पुरुष भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । नगरपालिकाले पौष २३,२४ र २५ गते तेस्रो मेयर कपको आयोजना गर्न लागेको हो ।
सोमबार बसेको मन्थली नगर खेलकुद विकास समितिको बैठकले मेयर कप सञ्चालन गर्ने निर्णय गरेको हो । खेलमा सहभागीको लागि नगरपालिकाले १४ वटै वडाका वडा कार्यालयहरूलाई पत्राचार गर्ने समेत निर्णय गरेको छ ।
बैठकले गोपाल माझिको संयोजकत्वमा ८ सदस्य खेलकुद सञ्चालन तथा व्यवस्थापन समिति समेत गठन गरेको बैठकमा निर्णय भएको छ ।
मेयर कपमा प्रथम हुने समूहले नगद एक लाख, द्धितिय हुने समूहले नगद ७५ हजार, तृतीय हुने समूहले नगद ५० हजार र सान्त्वना हुने समूहले नगद ३० हजार पुरस्कार पाउने नगरपालिकाले जनाएको छ ।