ताजा समाचार

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आजबाट सुरु

 नेपाल बाहक    ९ मंसिर २०७८, बिहीबार १३:४७     17 जनाले पढ़िसके

रामेछाप । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आजबाट सुरु भएको छ । मन्थली नगरपालिकाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको पहिलो दिन आज प्लेकार्ड सहितको सचेतना ¥याली गरेको छ ।
¥यालीमा मन्थली नगरपालीकाका जनप्रतिनिधि, कर्मचारी, महिला, अधिकारकर्मी, व्यवसायी लगायतको सहभागिता रहेको थियो । ¥याली देवकोटा चोकमा आएर कोण सभामा परिणत एको थियो । कोण सभालाई सम्बोधन गदै मन्थली नगरपालिकाका नगरप्रमुख रमेश कुमार बस्नेतले समुन्नत समाजको लागि सबै खाले हिंसाको अन्त हुनु पर्ने बताउनु भएको थियो । कोण सभामा बोल्दै उहाँले हिंसाका घटना घरभित्रबाट हुने भएकाले यसको अन्त्य पनि घरभित्र बाटै गर्नु पर्नेमा जोड दिनुभयो ।कार्यक्रममा उहाँले यस वर्ष मन्थली नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्ने कार्यक्रम रहेकाले त्यसका लागि आवश्यक तयारी भइरहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै रामेछापका प्रमुख जिल्ला अधिकारी दीपक पहाडीले महिलाहरू अहिले पनि हिंसामा पर्नु अत्यन्तै दुखद भएको बताउनु भयो । कोण सभामा बोल्दै प्रमुख जिल्ला अधिकारी पहाडीले सबैलाई हिंसाका सहेर नबस्न सबैलाई आग्रह गर्नुभयो ।
जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले मङ्सिर १० गते टोल सुधार समितिलाई लैङ्गिक हिंसा विरुद्धको सचेतना कक्षा सञ्चालन गर्ने, मङ्सिर १२, १३ र २१ गते विभिन्न वडामा किशोरीका लागि लैङ्गिक हिंसा विरुद्ध अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने, १५ गते एड्स विरुद्धको दिवस, १९ गते स्वास्थ्य स्वमसेवीका दिवस र २० गते पाठेघर परीक्षणको कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ ।
त्यस्तै मङ्सिर १७ गते नगरपालिकासँगको सहकार्यमा अपाङ्ग सचेतन केन्द्रले अपाङ्गता दिवस आयोजना गर्ने , २३ गते पर्ने भ्रष्टाचार विरुद्धको दिवस मानव अधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) नेपाल दोलखा र मानव अधिकार संरक्षण सञ्जालसँगको सहकार्यमा र मानव अधिकार दिवस तथा अभियानको समापन कार्यक्रम मङ्सिर २४ गते नगरपालिकाको सहकार्यमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार संरक्षण सञ्जाल रामेछापले आयोजन गर्ने तयारी छ ।