ताजा समाचार


बालिकालाई बलात्कार गरेको आरोपमा एक जना वृद्धा पक्राउ

 नेपाल बाहक    ९ मंसिर २०७८, बिहीबार १४:१३     274 जनाले पढ़िसके


रामेछाप । रामेछाप प्रहरीले बलात्कारको आरोपमा एक जना पक्राउ गरेको छ । प्रहरीले बालिका बलात्कार गरेको आरोपमा रामेछाप नगरपालिका ८ भोटेटारका ७२ वर्षीय मंगल तामाङलाई पक्राउ गरेको हो ।
तामाङले सोही स्थानकी ८ वर्षीय बालिकालाई बलात्कार गरेको रामेछापका प्रहरी प्रवक्ता श्री शङ्कर श्रेष्ठले जनाकारी दिनु भयो । प्रवक्ता श्रेष्ठका अनुसार तामाङले चाउचाउ किन्न गएको बेला ललाई फकाई बालिकाको घरको कोठामा बलात्कार गरेका थिए ।
जिल्ला अदालत रामेछापबाट ५ दिनको म्याद थप गरी तामाङमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।