ताजा समाचार

हत्याको भएको १२ वर्ष पछि रामेछाप प्रहरी द्धरा दुई जना अभियुक्त पक्राउ

 नेपाल बाहक    ११ मंसिर २०७८, शनिबार १६:२६     92 जनाले पढ़िसके

रामेछाप । रामेछाप प्रहरीले हत्याको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले हत्या भएको १२ वर्ष पछि २०७८ मङ्सिर ११ गते दुई जना अभियुक्त पक्राउ गरेको हो ।
प्रहरीले अन्दाजी ६५ वर्षका ज्ञान बहादुर तामाङलाई रामेछापको राकाथुम र अन्दाजी ४७ वर्षका जयराम तामाङलाई धुलिखेलबाट पक्राउ गरेको हो । उनीहरूले २०६६ साल असोज ९ गते दिउसो ३ बजे काभ्रे जिल्ला तेमाल गाउँपालिका ९ का वर्ष २९ को निखिल भन्ने तीर्थमान दोङ (तामाङ) हत्या गरेको रामेछाप प्रहरी प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिनु भयो ।
उनीहरूले निखिललाई व्यक्तिगत रिसिबीका कारण खुकुरी तथा तरबार प्रहार गरेर हत्या प्रहरी जनाएको छ । हत्या १२ वर्ष पछि रामेछाप प्रहरीले अभियुक्तहरूलाई पक्राउ गर्न सफल भएको रामेछाप प्रहरीले जनाएको छ ।