ताजा समाचार

मंसिर १५ गते देखि रामेछापमा दोस्रो राष्ट्रिय माझी गोल्डकप हुदैँ

 नेपाल बाहक    ११ मंसिर २०७८, शनिबार १७:१४     45 जनाले पढ़िसके

रामेछाप । रामेछापमा मंसिर १५ गते देखि दोस्रो राष्ट्रिय माझी गोल्ड कप पुरुष फुटबल प्रतियोगित हुने भएको छ ।
शनिबार पत्रकार सम्मेलन गरी फुटबल प्रतियोगित हुन लागेको आयोजकले जानकारी दिएको हो ।
नेपाल माझी उत्थान संघ रामेछापको आयोजनमा हुने फुटबल प्रतियोगिता मंसिर १५ गतेदेखि २१ गतेसम्म हुने भएको छ ।

खेल मन्थली नगरपालीका ६ कुनौरीको खेल मैदानमा सन्चालन हुने पत्रकार सम्मेलनमा जनाकारी गराइएको थियो ।प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै खेल संयोजक बलबहादुर माझीले खेलमा २० जिल्लाका २२ टिमले सहभागिता जनाउने बताउनु भयो । खेलको लागि ३५ लाख रुपैँया खर्च हुने अनुमान गरेकोमा २१ रुपैँया दिने विभिन्न निकायले बचन दिएका आयोजकले जनाएको छ ।
पक्रकार सम्मेलनमा बोल्दै नेपाल माझी उत्थान संघ रामेछाप अध्यक्ष इन्द्रबहादुर माझीले यो खेल जिल्लाकै गौरव भएकाले सबैलाई सहयोग गर्न अग्रह गर्नु भयो ।
खेलमा प्रथम हुने टिमले नगद रु २ लाख, द्वितिय हुने टिमले नगद १ लाख, तृतिय हुने टिमले नगद ५० हजार सान्त्वना हुने टिमले नगद रु २५ हजार, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । भने खेलमा ५ हजार देखि १० हजार सम्मका अन्य विधागत पुरस्कार समेत रहेको जानकारी गराइएको थियो ।