ताजा समाचार

जिल्ला अस्पताल रामेछापको पिसिआर ल्याप सञ्चालन

 नेपाल बाहक    १६ मंसिर २०७८, बिहीबार १५:५०     42 जनाले पढ़िसके

रामेछाप । बिहीबारबाट रामेछाप अस्पतालमा पिसिआर ल्याप सञ्चालनमा आएको छ । बाग्मती प्रदेश सरकारको सहयोगमा केही समय अघि जिल्ला अस्पताल रामेछापमा पिसिआर मेसिन आएको थियो ।
समयमै कर्मचारीको व्यवस्थापन नहुँदा ल्याप सञ्चालन भएको थियो । रामेछापमा पिसिआर मेसिन नहुँदा रामेछापमा सङ्कलन गरिएको स्वाब सिन्धुली र धुलिखेल अस्पतालमा परीक्षण गरिँदै आएको थियो ।
जनस्वास्थ्य प्रयोगशाला बाग्मती प्रदेशका निमित्त निर्देशक नारायण कार्की सहितको टोली बिहीबार देखि पिसिआर ल्याब सञ्चालन गरेका हुन् । ल्याप सञ्चालनको लागि बाग्मती प्रदेश सरकारले दुई जना जनशक्तिको व्यवस्थापन गरेको छ । पिसिआर ल्याबमा एक पटकमा ९६ वटा गरी दैनिक १२ पटकसम्म परीक्षण गर्ने क्षमता रहेको छ ।
रामेछापमा पहिलो पटक पिसिआर ल्याप सञ्चालन आए पछि जिल्ला भित्र सङ्कलन गरिएको स्वाब बाहिर लैजानु पर्ने झन्झटबाट मुक्त भएको रामेछाप अस्पतालका प्रमुख शान्तिराम खतिवडाले जानकारी दिनु भयो । स्वाब परीक्षण गरेको ५ घण्टामै रिपोट रिर्पोट आउने स्वास्थ्य स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य निरीक्षक भुवन थापाले बताउनु भयो ।