ताजा समाचार

हङकङ सहित ९ देशका नागरीकलाई नेपाल प्रबेशमा रोक

 नेपाल बाहक    १७ मंसिर २०७८, शुक्रबार १७:१५     31 जनाले पढ़िसके

काठमान्डौँ । मन्त्री परिषदको बैठकले नौ देशका नागरीकलाई नेपाल प्रवेशमा रोक लगाएको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै गए पछि बिभिन्न नौ देशका नागरीकलाई नेपाल प्रबेश गर्न रोक लगाएको हो ।
मन्त्रिपरिषद्को बैठकले दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इसवाटिनी, मोजाम्बिक, मलावी र हङकङबाट नेपाल आउनेलाई प्रवेश अनुमति नदिने निर्णय गरेको हो ।
केही दिन अघि अफ्रिकी मुलुकमा देखापरेको कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन युरोप तथा एसियालगायतका मुलुकमा क्रमिक रूपमा फैलिदै गइरहेको सन्दर्भमा नेपालले पनि समयमै सावधानी अपनाई नयाँ भेरियन्टलाई मुलुकभित्र प्रवेश हुनबाट रोकथाम गर्न यो निर्णय गरेको हो ।