ताजा समाचार

मन्थली बचत तथा ऋण सहकारीको खुद नाफा ५८ लाख १४ हजार ८६२ रुपैयाँ

 नेपाल बाहक    १८ मंसिर २०७८, शनिबार १६:४८     40 जनाले पढ़िसके

रामेछाप । मन्थली बचत तथा ऋण सहकारी संस्था लि.ले आर्थिक वर्ष २०७७÷७८ मा ५८ लाख १४ हजार ८६२ रुपैयाँ खुदा नाफा कमाउन सफल भएको छ । शनिवार मन्थलीमा भएको २४ औँ वार्षिक साधरणसभामा सो विषयमा जानकारी दिएको हो ।
संस्थाका कोषाध्यक्ष टिका प्रसाद भुट्को प्रतिवेदनमा कोभिड १९ का कारण गरिएको बन्दाबन्दी संस्था तथा सेयर सदस्यहरूमा नकारात्मक असर गरेको उल्लेख छ । बन्दाबन्दीकै कारण सेयर सदस्यहरूको जीवन स्तर र आयआर्जनमा समेत कमी आएको उल्लेख गदै यसको असर वित्तीय संस्थामा समेत परेको जनाइएको छ ।
कोषाध्यक्षको प्रतिवेदनमा हाल मन्थली बचत तथा ऋण सहकारीमा १४ सय ९४ जना सेयर सदस्य रहको उल्लेख छ । प्रतिवेदनमा सेयर पुजी ९ करोड, ६ लाख, ६८ हजार २ सय, ६४ करोड, ३९ लाख भन्दा बढी ऋण लगानी भएको छ भने संस्थाको कुल सम्पत्ति ९८ करोड, ७७ लाख, ३९ हजार, ३६० पुगेको उल्लेख छ ।
मन्थली बचत तथा ऋण सहकारी संस्था २०५४ साल माघ २० गते स्थापना भएको थियो । यस सहकारीले मन्थली नगरपालिकाका सबै वडा, रामेछाप नगर पालिकाको ६,७,८ र ९ वडा, लिखुतामाकोसि गाउँपालिकाको ३,४,५ र ७ वडा, र खाडादेबि गाउँपालिकाको ४ र ५ वडा लाई कार्यक्षेत्र बनाएर काम गदै आएको छ ।
त्यसै गरी संस्थाले गत आर्थिक वर्षमा दिवगत भएका ४५ जना आफ्ना सेयर सदस्यलाई २० हजारका दरले राहत दिएको जनाएको छ । संस्थाका सचिव गोविन्द प्रसाद घिमिरेको प्रतिवेदनमा यस संस्थाले थोरै भए पनि सेयर सदस्यको आर्थिक तथा सामाजिक अवस्था सुधार गर्न सक्षम रहेको उल्लेख गरिएको छ । प्रतिवेदनमा संस्थाले रामेछाप बजार, गेरुको सावाँडाँडा तथा धोबीमा सेवा केन्द्र खोली सेवा प्रदान गरिरहेको जनाइएको छ ।

संस्थाका अध्यक्ष ध्रुव प्रसाद सुबेदीको अध्यक्षता तथा मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतको प्रमुख आतिथ्ययतामा कार्यक्रम सम्पन्न भएको थियो ।