ताजा समाचार

रामेछापमा प्रथम रामेछाप जिल्ला फुटबल लिग हुदैँ

 नेपाल बाहक    २१ मंसिर २०७८, मंगलवार १७:२१     94 जनाले पढ़िसके

रामेछाप । रामेछाप जिल्लामा प्रथम रामेछाप जिल्ला फुटवल लिग हुने भएको छ । बिहिबारबाट रामेछापमा प्रथम रामेछाप जिल्ला फुटबल हुन लागेको पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो । जिल्ला खेलकुद विकास समिति रामेछापले आयोजना गरेको फुटबल प्रतियोगितामा १२ टिमको सहभागिता रहेको जनाइएको छ ।
खेलमा प्रथाम हुनेले नगद एक लाख एक सय ११ रुपैयाँ, द्धितिय हुनेले नगद ७५ हजार एक सय ११ रुपैयाँ, तृतिया हुने टिमले ५० हजार एक सय ११ रुपैयाँ र सान्त्वना हने टिमले नगद २० हजार एक सय ११ रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा खेलको लागि आवश्यक सबै तयारी सकिएको आयोजकले जनाएको हो । तीन दिन सम्म जारी रहने प्रतियोगिता कुनौरीखेल मैदान र हाटेचौरखेल मैदानमा हुने आयोजकले जानकारी गराएको छ ।