ताजा समाचार

२४ औँ दिनमै “बुलाकी” को छायाङ्कन सकियो

 नेपाल बाहक    २२ मंसिर २०७८, बुधबार १६:२९     86 जनाले पढ़िसके

काठमाडौँ । नेपाली कथानक चलचित्र बुलाकीको छायाङ्कन सकिएको छ । डोल्पाको विभिन्न स्थानमा छायाङ्कन गरिएको चलचित्रको २४ औँ दिनमा छायाङ्कन सकिएको हो ।
क्यामेरा ‘अन’ भएको २४औँ दिनमा फिल्मको छायाङ्कन पूरा भएको निमार्ण टिमले जानकारी दिएको हो । फिल्मको दुई गीत मात्र खिच्न बाँकी राखेर निर्माण टिम काठमाडौं फर्किसकेको छ ।
बुलाकीमा सुरक्षा पन्त, नरेन खड्का, बिराज विष्ट, प्रकाश कँडेल, सरस्वती खत्रीको मुख्य भूमिका देख्न पाइने छ । मोती विष्टको प्रस्तुति र गोपाल विष्ट निर्माता रहेको फिल्मको कथा निर्देशक सुनार स्वयंले लेखेका हुन् । सौगात कँडेल सह–निर्माता फिल्मलाई शिव ढकालले खिचेका हुन् ।
फिल्ममा रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुल दीप अधिकारी, झालनाथ खत्री, उपासना वाइबा, सोनु सेढाइ, धनबहादुर राई, कमल गाउँलेको पनि अभिनय रहेको छ ।