ताजा समाचार

केही दिनमै सुपरमाई हाइड्रोपावर आइपिओ निष्कासन हुने

 नेपाल बाहक    २२ मंसिर २०७८, बुधबार १६:५७     32 जनाले पढ़िसके

काठमाडौँ । केही दिनमै सुपरमाई हाइड्रोपावर आइपिओ निष्कासन हुने भएको छ । आइपियो निष्कासनका लागि हाइड्रोपावरले अनुमतिका लागि नेपाल धितो पत्र बोर्डमा आवेदन दिएको छ ।
आइपिओ निष्कासनको लागि कम्पनीले मङ्सिर २० गते बोर्डमा आवेदन दिएको हो । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणको लागि १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता शेयर निष्कासनको लागि आवेदन दिएको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्नेछ ।