ताजा समाचार

“नेपाली खेलकुदलाई नयाँ अध्यायमा प्रवेश गराउँछु” सदस्य सचिव घिसिङ

 नेपाल बाहक    २३ मंसिर २०७८, बिहीबार १४:२३     29 जनाले पढ़िसके

रामेछाप । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ आफ्नो कार्यकालमा नेपाली खेलकुदलाई नयाँ अध्यायमा प्रवेश गराउने प्रतिविद्धता गर्नु भएको छ ।
बिहीबार प्रेस सेन्टर रामेछापले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै घिसिङले नेपालको खेलकुद क्षेत्र अझै व्यवस्थित हुन नसकेको बताउँदै यस्तो प्रतिविद्धता गर्नु भएको हो ।
उहाँले खेलाडीले आफ्नो खेल जीवन सुरक्षित नभएसम्म राम्रो खेल्न नसक्ने बताउँदै नेपालको खेलकुद क्षेत्र व्यवस्थित व्यवस्थित गर्नु पर्नेमा उहाँले जोड दिनु भयो । परिषद्को सदस्य सचिव भएपछि पहिलो पटक गृह जिल्ला रामेछाप आउनुभएका घिसिङद्वारा नेपाली खेलकुदले अहिले पनि नीतिगत तथा व्यवसायीक रूपमा नै समस्यामा रहेको बताउनु भयो ।
नीतिगत सुधार नगरी खेल क्षेत्रको सुधार हुन नसक्ने उहाँले बताउनु भयो । आफ्नो कार्यकालमा खेलकुद क्षेत्र सुधारका लागि प्रयत्न गर्ने उहाँको प्रतिबद्धता थियो ।