ताजा समाचार


फिलिपिन्समा आएको समुद्रीक आँधीका कारण ३० लाख नागरीक प्रभाबित

 नेपाल बाहक    ३ पुष २०७८, शनिबार १५:५७     700 जनाले पढ़िसके

काठमाण्डौ । फिलिपिन्समा आएको समुद्रीक आँधीका कारण ३० लाख नागरीक प्रभाबित भएका छन् । फिलिपिन्समा आएको ‘राई’ समुद्री आँधीको बहाव क्षेत्रमा परेका घरहरु ढलेपछि मानिस विस्थापित भएका संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
आँधीका कारण फिलिपिन्समा १२ जनाको ज्यान गएकोे बीबीसी समाचारमा उल्लेख गरेको छ । दक्षिण फिलिपिन्स हुँदै मडारिएको शक्तिशाली समुद्री आँधीले पर्यटकीय क्षेत्र सिरगाओ टापुमा तहसनहस बनाएको छ ।
सिरगाओमा रुखहरू जरैसँग उखेलिएका छन् । बिजुलीका तार र खम्बाहरू ढलेका छन् । एक सय ९५ किलोमिटर प्रतिघण्टाको हुरीसहित अस्ति बिहीवार ‘राई’ समुद्री आँधी आएको थियो ।