ताजा समाचार

प्याब्सन रामेछापको अध्यक्षमा केशव तिमल्सिना चयन

 नेपाल बाहक    ४ पुष २०७८, आईतवार ०५:२१     83 जनाले पढ़िसके

रामेछाप । निजि तथा आवासीय बिद्यालय अर्गनाइजेशन नेपला प्याब्सन रामेछापको अध्यक्षमा केशव तिमल्सिना चयन हुनु भएको छ ।शनिबार मन्थलीमा भएको प्याव्सनको ५ अधिवेशनले तिमल्सिनाको अध्यक्षमा नयाँ नेतृत्व चयन गरेको हो ।
नवगठित प्याब्सन जिल्ला कार्यसमितिको उपाध्यक्षमा हस्तबहादुर लामा,सचिवमा उद्दव घिसिङ, कोषाध्यक्षमा पार्वती पाठक चयन हुनुभएको छ । त्यस्तै प्याब्सन सदस्यहरुमा क्रमस गौतम श्रेष्ठ, अनिल श्रेष्ठ र नारायण कार्की चयन हुनुभएको छ । अधिवेशनले तीन सदस्यीय सल्लाहकार समिति पनि बनाएको छ । तिमल्सिना कर्कलादेवी बोर्डिङ (केब्स स्कुल)का संस्थापक प्रीन्सिपल हुनुहुन्छ ।