ताजा समाचार

रामेछापका ३९ हजार भन्दा बढी नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध

 नेपाल बाहक    ४ पुष २०७८, आईतवार १६:४१     26 जनाले पढ़िसके

रामेछाप । रामेछापका ३९ हजार भन्दा बढी नागरिक स्वास्थ्य बिमा कार्यक्रम आबद्ध भएको छन् । स्वास्थ्य बिमा बोर्ड रामेछापका अनुसार कार्यक्रम सुरु भए यता रामेछापका ३९ हजार ७ सय ९२ जना नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका हुन् ।
आबद्ध हुने मध्ये २० हजार ९ सय ५९ जना पुरुष र १८ हजार ८ सय ३३ जना महिला रहेको स्वास्थ्य बिमा बोर्ड रामेछापका दर्ता अधिकारी यज्ञराज ढुङ्गेलले बताउनु भयो । उहाँ अनुसार हाल सम्म सबैभन्दा बढी मन्थली नगरपालिकाका १२ हजार ९ सय २२ नागरिक स्वास्थ्य बिमा कार्यक्रममा समावेश भएका छन् भने सबै भन्दा कम उमाकुण्ड गाउँपालिकाका २२ सय २४ जनाले स्वास्थ्य बिमा गराएका छन् ।
त्यसै गरी रामेछाप नगरपालिकाका ४३ हजार ९२, सुनापति गाउँपालिकाका ७ हजार २ सय २५,लिखु तामाकोसी गाउँपालिकाका २८ सय २२, खाँडादेवी गाउँपालिकाका ३ हजार १ सय १८,गोकुलगंगा गाउँपालिकाका २ हजार ७ सय ५९ र दोरम्बा गाउँपालिकाका ३ हजार ५ सय ३० जना नागरिकले स्वास्थ्य बिमा गरेका छन् ।
बिमा गर्ने मध्ये ५ हजार ६ सय ९७ जना ज्येष्ठ नागरिक रहेका छन् । भने एक सय २६ जना पूर्ण अशक्त अपाङ्गता र एक हजार ६ सय ५७ जना अति गरिबी तथा अति विपन्न नागरिकले बिमा गराएको दर्ता अधिकारी ढुङ्गेले बताउनु भयो ।
विपन्न नागरिकको स्वास्थ्य उपचारमा सहयोग गर्ने उद्देश्यले नेपाल सरकारले स्वास्थ्य बिमा कार्यक्रम अघि सारेको थियो । अहिले यो कार्यक्रम ७५ जिल्लामा सञ्चालन भइरहेको छ ।