ताजा समाचार


एमाले रामेछाप आठौँ जिल्ला अधिवेशनको सङ्घारमा : नौ समिति बनाएर कार्य विभाजन

 नेपाल बाहक    १२ पुष २०७८, सोमबार १७:५६     193 जनाले पढ़िसके

रामेछाप । नेकपा एमाले रामेछाप आठौँ जिल्ला अधिवेशनको सङ्घारमा छ । एमाले रामेछापको जिल्ला अधिवेशन पुस २३ र २४ गते मन्थलीमा हुने एमाले रामेछापका प्रचार विभाग प्रमुख प्रकाश कुमार कार्कीले जानकारी दिनु भयो ।
एमाले रामेछापले अधिवेशनलाई लक्षित गरेर विभिन्न ९ समि ति बनाएर कार्य विभाजन गरेको सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । पत्रकार सम्मेलनमा प प्रचार विभाग प्रमुख कार्कीले अधिवेशनमा प्रत्येक वडामा पहिलो ५० लाई आधार सङ्ख्या मानी त्यसबाट खुल्ला २ र १ महिलाको प्रतिनिधित्व जानकारी दिनु भयो ।
पत्रकार सम्मेलनमा ५० सदस्यको १ खुल्ला र त्यस पछिको ५० मा महिला प्रतिनिधि जनाकारी गराइएको थियो । अन्तिममा बाँकी रहेको मध्ये २५ जना वा सो भन्दा बढी भएमा थप १ जना र २५ भन्दा कम भएमा प्रतिनिधित्व गर्न नपाउने कार्कीले बताउनु भयो ।
उत्पीडितको हकमा प्रत्येक वडाबाट १० लाई आधार सङ्ख्या मानी त्यसबाट १ पुरुष वा महिला, प्रत्येक थप १० मा पहिला प्रतिनिधि हुनेछ । अन्तिम बाँकी ५ वा ५ भन्दा माथि भए थप १ जना र ५ जना भन्दा घटी भएमा थप प्रतिनिधि नहुने एमालेले जनाएको छ ।
त्यसै गरी एमाले रामेछापले अधिवेशनमा आफ्ना जनसङ्गठनबाट समेत प्रतिनिधित्व गराउने भएको छ । एमाले रामेछापले आठाँै जिल्ला अधिवेशनमा राष्ट्रिय युवा सङ्घ नेपाल ५ जना, अनेरास्ववियु ५, अखिल नेपाल किसान महासङ्घ ५, नेपाल ट्रेड युनियन जि फन्ट ३, अखिल नेपाल महिला सङ्घ ५ जनालाई प्रतिनिधित्व गराउने भएको छ ।
प्रेस चौतारी ५, लोकतान्त्रिक जनजाति महासङ्घ ५, पेसागत महासङ्घ ५, जनसाँस्कृतिक महासङ्घ २, मानव अधिकार एलाएन्स ५, नेपाल उद्योग व्यवसायी महासङ्घ ५, नेपाल बुद्धिजीवी परिषद् २, उत्पीडित जाति मुक्ति समाज ५, नेपाल खेलकुद महासङ्घ ५, भुपु सैनिक प्रहरी सङ्गठन २, प्रगतिशील कानुन व्यवसाय सङ्गठन २, रामेछाप काठमाडौँ सम्पर्क मञ्च १५, जिल्ला सल्लाहकार १५, नगरपालिका र गाउँपालिका ५÷५ जना प्रतिनिधि सहभागिता गराउने भएको छ ।