ताजा समाचार

शुक्रवारबाट मन्थलीमा तेस्रो मेयर कप हुँदै

 नेपाल बाहक    २२ पुष २०७८, बिहीबार १८:२८     14 जनाले पढ़िसके

रामेछाप । भोलि शुक्रवारबाट मन्थलीमा तेस्रो मेयर कप भलिबल प्रतियोगिता हुने भएको छ । बिहीबार आयोजक मन्थली नगरपालिकाले पत्रकार सम्मेलन गरी मेयर कपको तयारी पुरा भएको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै मन्थली नगरपालिका नगरप्रमुख रमेश कुमार बस्नेतले मेयर कपमा मन्थली नगरपालिका १४ वडाका १४ टिम खेलमा सहभागी हुने बताउनु भयो ।
२३ गते देखि २५ गतेसम्म हुने प्रतियोगिताको टाई सेट् समेत सार्वजनिक गरिएको छ । दुई दिन हुने भलिबल प्रतियोगिता जिल्ला समन्वय समितिको खेल मैदान मन्थलीमा खेलाइने छ ।
मेयर कपमा प्रथम हुनेले एक लाख नगदको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । दोस्रो हुने टिमले ७५ हजार, तेस्रो हुनेले ५० हजार र सान्त्वना हुनेले नगद ३० हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक जनाएको छ ।
त्यस्तै खेलमा उत्कृष्ट खेलाडी, उत्कृष्ट सर्वर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट लिफष्टर, उत्कृष्ट ब्लकर, उत्कृष्ट स्पाइकर र उत्कृष्ट कोच लाई नगद ५ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।