ताजा समाचार

तेस्रो ‘मेयर कप’ को उपाधि मन्थली १ लाई

 नेपाल बाहक    २५ पुष २०७८, आईतवार १७:४३     10 जनाले पढ़िसके

रामेछाप । मन्थली नगरपालिकाले आयोजना गरेको तेस्रो मेयर कप भलिबल प्रतियोगिताको उपाधि मन्थली १ ले जितेको छ । तीन दिन सम्म भएको खेलमा मन्थली नगरपालिका भित्र रहेका १४ वटा वडाका खेलाडीहरू सामेल भएका थिए ।

मन्थली नगरपालिका वडा नम्बर १ ले वडा नम्बर ११ लाई ४।१ को सेटमा हराएको प्रथम स्थान ओगट्न सफल भएको आयोजकले जनाएको छ । द्वितीय,तृतीय र सान्त्वना हुने वडाहरू क्रमशः,वडा नम्बर ११ नाटिला,वडा नम्बर ४ सालु गैराथोक,वडा नम्बर १० चनखु भएका छन् । प्रथम,द्वितीय,तृतीय र सान्त्वना भएका टिमले क्रमशः नगद रु एक लाख,नगद रु पचहत्तर हजार,नगद रु पचास हजार,नगद रु तीस हजार सहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

रामेछाप जिल्ला समन्वय समितिको प्राङ्गणमा भएको खेलमा आइतबार विजेता भएका खेलाडीहरूलाई पुरस्कार राशि वितरण गरेको आयोजक तथा नगर खेलकुद विकास समितिका सदस्य शुक्र माझीले जानकारी दिनुभयो । प्रतियोगितामा मन्थली नगरपालिकाका १४ वटा वडाका खेलाडीहरूको सक्रिय सहभागिता रहेको थियो ।