ताजा समाचार

पतिको शोकमा रहेकी वृद्ध माथि बलात्कारको प्रयास

 नेपाल बाहक    २५ पुष २०७८, आईतवार १९:०७     62 जनाले पढ़िसके

रामेछाप । रामेछाप प्रहरी बलात्कारको प्रयासमा एक जना पुरुषलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रवक्ता श्रीशंकर श्रेष्ठका अनुसार पक्राउ पर्नेमा जिल्लाको लिखु तामाकोसी गाउँपालिका ३ धोबीका ५० वर्षीय सिंग बहादुर कामी रहेको छन् ।

कामिले सोही स्थानकी ६६ वर्षीय वृद्ध महिला माथि बलात्कारको प्रयास गरेको प्रहरी प्रवक्ता श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार पति शोकमा रहेको बेला घरमा कोहि नभएको मौका पारी कोठा भित्र उनी माथि बलात्कारको प्रयास भएको हो ।

प्रहरीले कामिलाई शनिवार राति ११;०० बजे धोबी बजारबाट पक्राउ गरिएको थियो । रामेछाप प्रहरीका अनुसार अहिले उनलाई जिल्ला अदालत रामेछापबाट ६ दिनको म्याद थप गरी जर्बजस्ती करणी उद्योगमा अनुसन्धान भइरहेको छ । रामेछाप प्रहरीको महिला सेलका अनुसार रामेछाप प्रहरीमा चालु आर्थिक वर्षको हाल सम्म रामेछापमा ९ वटा बलात्कारका घटना दर्ता भएका छन् भने ४ वटा बलात्कार प्रयासका घटना दर्ता भएको छन् ।