ताजा समाचार

एमाले रामेछापमा नयाँ नेतृत्व

 नेपाल बाहक    २६ पुष २०७८, सोमबार १८:१७     4 जनाले पढ़िसके

रामेछाप । नेकपा एमाले रामेछापले नयाँ नेतृत्व पाएको छ । पुस २३ बट सुरु भएको आठौं जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । अधिवेशनले पाँच पदाधिकारी सहित ९० सदस्यिय जिल्ला कार्यसमिति निर्वाचित गरेको छ । जिल्ला कमिटीको अध्यक्षमा आनन्दकुमार श्रेष्ठ निर्विरोध चयन हुनुभएको छ भने बाँकी पदाधिकारी तथा सदस्यहरुमा निर्वाचन भएको छ । निर्वाचन मार्फत जिल्ला कमिटीको उपाध्यक्षमा इन्द्रबहादुर तामाङ, सचिवमा पुरुषोत्तम कडरिया र दुई उपसचिवमा प्रकाशकुमार कार्की र होतराज ढकाल निर्वाचित हुनुभएको छ । यस्तै खुल्ला सदस्यमा उज्ज्वल सुवेदी, रत्नप्रसाद कडेल, पुष्कर कार्की, आङछिरिङ लामा, सुजन कार्की, दीपेन्द्र कुमार कार्की, शेरबहादुर तामाङ,विनोद फुयाल, रामप्रसाद देवकोटा, सूर्य माझी, जय गुरुङ, शिव न्यौपाने र शिवहरी उप्रेति निर्वाचित हुनुभएको छ ।
महिला सदस्यमा राधिका खड्का, सुनिता सुनुवार, मखमली श्रेष्ठ, इन्दीरा बुढाथोकी, दीपा पाख्रीन, भगवती चौहान, कालिका मानन्धर र दीपा कार्की निर्विरोध चयन हुनुभएको छ । यस्तै, भूगोलतर्फ सुनापति गाउँपालिकाबाट रविन्स लामा, सुकराम ग्यापक, रवि तामाङ र चक्रवर्ती लामा निर्विरोध निर्वाचित हुनुभएको छ भने महिलामा बिमला ग्यापक र कमला शर्मा क्षेत्री निर्विरोध हुनुभएको छ ।
दोरम्बा शैलुङ गाउँपालिकाबाट मिलन कुमार घिसिङ, गंगाबहादुर तामाङ, कुमार कडेल र दानबहादुर थापामगर निर्विरोध हुँदा महिला तर्फ जानुका चौलागाई र सुभद्रा कडेल पाठक निर्विरोध हुनुभएको छ । यस्तै, खाँडादेवी गाउँपालिकाबाट असलसिं तामाङ, तेजबहादुर बोहोरा, भक्तबहादुर श्रेष्ठ, राजेश कार्की निर्वाचित हुनुभएको छ भने महिला तर्फ रमा घिसिङ र अनिता तामाङ राइ निर्वाचित हुनुभएको छ । यस्तै उमाकुण्डबाट निमा शेर्पा, श्यामकुमार तामाङ, अम्रीत बहादुर कार्की र गम्बु शेर्पा निर्विरोध हुँदा महिला तर्फ लिलामाया सुनुवार निर्विरोध हुनुभएको छ ।
यस्तै गोकुलगंगाबाट भोला खड्का, महेशलाल प्रधान, नवराज खड्का र कृष्णप्रसाद घिमिरे निर्विरोध हुँदा महिलातर्फ राममाया सुनुवार र मन्जुमाया कार्की पनि निर्विरोध चयन हुनुभएको छ । यस्तै लिखुतामाकोशीबाट शेर बहादुर थापा, आशबहादुर तामाङ, सम्बरबहादुर बोहोरा र रविन्द्र पौडेल निर्वाचित हुँदा रजिना बुढाथोकी र शुसिला थापा निर्विरोध चयन हुनुभएको छ । यस्तै रामेछाप नगरपालिकाबाट उमेशविक्रम थापा, विमलकुमार कठायत, रामबहादुर बुढाथोकी र सीता कुमारी खत्री निर्विरोध हुँदा महिलाबाट बिन्दा घिमिरे र तारा रैकामगर भण्डारी पनि निर्विरोध जिल्ला कमिटी सदस्य बन्नुभएको छ ।
मन्थली नगरपालिकाबाट दीनेश सुवेदी, अमित कार्की, राजेश श्रेष्ठ र अम्बीकाप्रसाद भट्टराई निर्वाचित हुँदा महिला तर्फ शान्ता न्यौपाने सुवेदी र इश्वरी बस्नेत निर्विरोध चयन हुनुभएको छ । यस्तै समावेशी जनजाति तर्फ मोतीलाल तामाङ, युनिक विफा घिसिङ, पदम कुमार लामा र सोमबहादुर तामाङ निर्वाचित हुँदा समावेशी जनजाति महिला तर्फ निडोमा शेर्पा र पासाङ डोल्मा लामा निर्वाचित हुनुभएको छ । समावेशी उत्पीडित तर्फ घनश्याम सार्की, सिताराम लोहार र गोपाल नेपाली दर्जी निर्वाचित हुँदा सोही समुहको महिला तर्फ रेणुका खाती र कमला बराल निर्विरोध हुनुभएको छ । समावेशी अल्पसङ्ख्यक तर्फ बलबहादुर माझी र काजिराम सुनुवार निर्विरोध हुँदा सोही समुहको महिला तर्फ हर्कमाया माझी निर्विरोध हुनुभएको छ । त्यस्तै मजदुरतर्फ कुमार ढुंगेल खत्री निर्विरोध जिल्ला कमिटी सदस्य बन्नुभएको छ । निर्वाचन समितिले सपथग्रहण र निर्वाचित भएको प्रमाणपत्र वितरण गरिसकेको जनाएको छ ।