ताजा समाचार

आर्थिक वर्षको छ महिनामा ५३.४७ प्रतिशत राजश्व सङ्कलन

 नेपाल बाहक    २९ पुष २०७८, बिहीबार ०५:४४     50 जनाले पढ़िसके

रामेछाप । मन्थली नगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनामा एक करोड ७६ लाख, ४६ हजार, १८५ रुपैयाँ ७७ पैसा राजश्व सङ्कलन गरेको छ ।
नगरपालिकाले पौष २५ गते सम्ममा लक्ष्यको ५३.४७ प्रतिशत राजश्व सङ्कलन गर्न सफल भएको हो । नगरपालिकाले चालु आर्थिक अन्तिम सम्म ३ करोड ३० लाख राजश्व राखेको छ ।
मन्थली नगरपालिकाको बुधवार सम्पन्न १० औँ नगर सभा पछि पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख रमेश कुमार बस्नेतले चालु आर्थिक वर्षको ६ महिना सम्मको विकास खर्च सन्तोष जनक नभएको बताउनु भयो । पुस २० गतेसम्म जम्मा २० प्रतिशत मात्रै बजेट खर्च गरेको उहाँले बताउनु भयो ।
पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको विवरणमा जम्मा २० करोड ९५,लाख १३ हजार एक सय ६१ खर्च भएको उल्लेख छ । यो कूल बिनियो जित बजेटको २० प्रतिशत हो । जसमा चालु तर्फ १४ करोड ९६ लाख ६३ हजार ६८ अर्थात् २८.४७ प्रतिशत रहेकोमा पुँजीगत तर्फ जम्मा ५ करोड ९८ लाख ५० हजार ९२ अर्थात् ११.२१ प्रतिशत खर्च भएको तथ्याङ्कमा उल्लेख छ ।