ताजा समाचार

सार्वजनिक स्थालमा प्रबेशको लागि कोरोना बिरुद्धको खोप कार्ड अनिबार्य

 नेपाल बाहक    २९ पुष २०७८, बिहीबार १०:०५     2 जनाले पढ़िसके

रामेछाप । कोरोना रोकथाम तथा नियन्त्रणको लागि रामेछाप प्रशासनले १५ बुद्धे आदेश जारी गरेको छ । बुधबार रामेछापका प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडीले हस्ताक्षर गर्नु भएको आदेशमा सार्वजनिक स्थलमा २५ जना भन्दा बढि जम्मा नहुन आनुरोध गरिएको छ ।
प्रशासनले जिल्ला प्रशासन कार्यालय मन्थलीमा बसेको सिसिएमसिको बैठकको निर्णय सार्वजनिक गदै पुष २८ रातको १२ बजे देखि अर्को सुचना नआए सम्म कुनै पनि प्रकारका राजनितिक तथा सामाजिक मेला कार्यक्रम नगर्न भनेको छ ।
सार्वजनिक स्थालमा प्रवेश गर्दा कोरोना बिरुद्धको खोप लगाएको कार्ड अनिबार्य गर्ने निर्णय गरेको छ । त्यसै गरि बैठकले भौतिक उपस्थीतिमा हुने पठनपाठन समेत नगर्ने निर्णय गरेको छ । पूर्व निधारण परिक्षा भने स्वास्थ्य मापदण्ड पालन गरेर सन्चालन गर्ने प्रशासनले जारी गरेको सुचनामा उल्लेख छ ।