ताजा समाचार

रामेछापका थप २५ जनामा कोरोना सङ्क्रमणको पुष्टि

 नेपाल बाहक    ३० पुष २०७८, शुक्रबार १५:३९     43 जनाले पढ़िसके

रामेछाप । शुक्रवार आज रामेछापका २५ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रामेछापका अनुसार शुक्रवार थप भएका सँगै रामेछापमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ३८ पुगेको छ ।

स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत भुवन थापाले शुक्रवार ७ जनाको पीसीआर परीक्षण गर्दा पाँच जना र ५० जनाको एन्टिजेन परीक्षण गर्दा २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको बताउनुभयो ।

थापाका अनुसार अहिले मन्थली नगरपालिकामा ७ जना, रामेछाप नगरपालिकामा ११ जना, उमाकुण्ड गाउँपालिकामा पाँच जना, खाँडादेवी गाउँपालिकामा ९ जना, गोकुलगङ्गा गाउँपालिकामा चार जना र लिखुतामाकोसी गाउँपालिकामा दुई जना सक्रिय सङ्क्रमित होम आइसोलेसनमा छन् ।