ताजा समाचार


रामेछाप प्रहरीद्धरा बैंकिङ् कसूरमा फरार अभियुक्त पक्राऊ

 नेपाल बाहक    ११ माघ २०७८, मंगलवार १६:११     128 जनाले पढ़िसके

रामेछाप । रामेछाप प्रहरीले बैँकिङ कसुरमा फरार अभियुक्त पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामेछापको सुनपाति गाउँपालिका ५ का ४४ बर्षिय तोरण बाबु श्रेष्ठ रहेका छन् ।
श्रेष्ठलाई उच्च अदालत पाटनबाट बैंकिङ कसूर मुद्धामा ४० लाख रुपैँया जरिवाना र १० दिन कैद तोकेको थियो । फैसला पश्चात श्रेष्ठ फरार रहेको थिए । उनलाई जिल्ला प्रहरी रामेछापबाट खटिएको टोलीले आज मंगलबार काठमाडौंबाट रामेछाप आउदै गर्दा बिशेष सुचनाको आधारमा रामेछापको लुभुघाटबाट पक्राउ गरेको हो ।
श्रेष्ठले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको चेक दिएका थिए । उनलाई फैसला कार्यान्वयनको लागि आजै रामेछाप जिल्ला अदालतमा पेश गरिएको रामेछाप प्रहरीले जनाएको छ ।