ताजा समाचार


जाल्पा सामुदायिक लघुवित्तको ५ लाख २२ हजार कित्ता आईपियो निष्काशन

 नेपाल बाहक    २१ माघ २०७८, शुक्रबार १५:०८     254 जनाले पढ़िसके


रामेछाप । जाल्पा सामुदायिक लघुवित्त बितिय संस्थाले ५ लाख २२ हजार कित्ता आईपियो निष्काशन गरेको छ । कम्पनिले आज (माघ २१ गते देखि ) आवेदन गर्न सक्ने गरि ५ करोड २२ लाख रुपैया बराबरको आईपियो निष्काशन गरेको हो ।

निष्काशन गरेको कुल ५ लाख २२ हजार कित्ता शेयरमध्ये ८ हजार कित्ता कर्मचारीहरुलाई र सर्वसाधारणलाई छुट्याइएको शेयरमध्येको ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ । सर्वसाधारणले बाँकी ४ लाख ८७ हजार ९०० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

आइपीओमा छिटोमा माघ २५ गते र ढिलोमा फागुन ६ गतेसम्म आवेदन दिन सकिनेछ कम्पनीले जनाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ५ हजार २२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् ।