ताजा समाचार

शल्यक्रिया सहितको सुत्केरी सेवा पुन : सञ्चालनमा

 नेपाल बाहक    ४ फाल्गुन २०७८, बुधबार ११:३३     44 जनाले पढ़िसके

रामेछाप । जिल्ला रहेको एक मात्रा शल्यक्रिया सहितको प्रसूति सेवा पुनः सञ्चालनमा आएको छ ।
कर्मचारीको अभावमा डेढ वर्ष देखि बन्द भएको सेवा मङ्गलवार देखि पुन : सञ्चालनमा आएको हो । प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीलाई मन्थली अस्पतालमा स्तरउन्नति गरे संगै शल्यक्रिया सहितको प्रसूति सेवा सुचारु भएको हो ।
मङ्गलवार डाक्टर समीर क्षेत्रीसहित सात जनाको टिमले नगरकै वडा नं ५ सुनारपानीकी २२ वर्षीय गर्भवती महिला मनीषा थापा कार्कीको सफल शल्यक्रिया गर्न सफल भएको मन्थली नगरपालिका स्वास्थ्य शाखा प्रमुख केशव फुयाँलले बताउनु भयो ।
फुयाँलले शल्यक्रिया सफल भएको र आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको बताउनु भयो । मन्थली अस्पतालमा अब जटिल बाहेक सबै उपचार सेवा दिन सकिने बताउनु भयो ।
मन्थलीमा शल्यक्रिया सहितको प्रसूति सेवा सुरु भए पछि प्रसूतिको लागि जिल्ला बाहिर जानु पर्ने बाध्यता हटेको छ ।