ताजा समाचार

खाँडादेवी गाउँपालिकामा निःशुल्क इन्टरनेट सेवा

 नेपाल बाहक    १३ फाल्गुन २०७८, शुक्रबार १९:१७     39 जनाले पढ़िसके

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकाले निःशुल्क इन्टरनेट सुरु गरेको छ । गाउँपालिकाले शुक्रवार एक कार्यक्रमको आयोजना गरी इन्टरनेट सेवा सुरु गरेको हो ।
खाँडादेवी गाउँपालिकाले पालिका भित्रका सबै सामुदायिक विद्यालय, स्वास्थ्य चौकी र सबै वडा कार्यालयमा निःशुल्क इन्टरनेट सेवा सुरु गरेको हो । खाडादेबि गाउँपालिका, नेपाल टेलिकम र एरोनेटको सहकार्यमा सो सेवा सुरु भएको खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले बताउनु भयो । कार्यक्रम उहाँले यो योजनाको लागि करिब २ करोड रुपैयाँ खर्च भएको समेत बताउनु भयो ।
इन्टरनेट सेवाको उद्घाटन गदै कार्यक्रमका प्रमुख अतिथि तथा बागमती प्रदेशसभा सदस्य शान्ति प्रसाद पौडेलले इन्टरनेटको उचित र अधिकतम प्रयोग गर्न अनुरोध गर्नु भएको थियो ।