ताजा समाचार


नेपाल खेलकुद महासंघ बाग्मती प्रदेशको अध्यक्षतामा सिताराम कार्की

 नेपाल बाहक    १५ फाल्गुन २०७८, आईतवार ०५:१६     295 जनाले पढ़िसके

रामेछाप । नेपाल खेलकुद महासंघ बाग्मती प्रदेशको अध्यक्षमा सिताराम कार्की सर्वसम्मत चयन भएका छन् । खेलकुद महासंघ वाग्मती प्रदेशको प्रथम अधिवेशन कार्कीको अध्यक्षतामा ४३ सदस्य कमिटि सर्बसम्मत चयन गरेको हो ।
कार्यक्रमको उद्घाटन एमाले पोलिटब्युरो सदस्य तथा नेपाल खेलकुद महासंघका इन्चार्ज पूर्वमन्त्री गोकुल बास्कोटाले गर्नुभएको थियो । कार्यक्रमलाई पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, वाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल लगायतले सम्बोधन गर्नुभएको थियो ।